खबर ठुलो छ

दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन (७ वर्ष भन्दा बढी) समयदेखि हल्लिएको पनि छैन । वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् । गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ । यहाँ स्यालामेन्डरको शरीरको अंश (डीएनए र इडीएनए) पानीमा घोलिएपछि बाहिर आएको हो । हंगेरियन नेचुरल हिस्ट्री म्युजियमका ज्यूडिट वोरोसले भने, ‘यसअघि यस्ता जनावरको कल्पना मात्रै गरिएको थियो । यहाँ भारी वर्षाका कारण यी जीव गुफाबाट बाहिर आएपछि मात्रै हामीले यसलाई देखेका हौं । अन्यथा यिनीहरुलाई हेर्न हामीले गोताखोरी गरेर गुफाभित्रै जानु पर्दथ्यो । तर अब हामी गुफाको पानीमा भएको अंश हेरेरै यिनीहरु कहाँ छन् भनेर पत्ता लगाउन सक्छौं ।’
१० गुफामा स्यालामेन्डर छन्ः
वोरोसका अनुसार उनको समूहले एक प्रविधीको प्रयोग गरेर स्यालामेन्डरको ‘इन्भारोमेन्टल डिएनए’ परीक्षण गरेका हुन् । यो प्रविधी यसअघि वन्य जीवमा प्रयोग गरिएको थियो तर गुफामा पाइने प्रजातिमाथि भने यो पहिलो पटक प्रयोग भएको हो । यसका लागि सन् २०१४ को गर्मीमा १५ गुफाभित्रको पानीको स्याम्पल जम्मा गरिएको थियो । प्रत्येक गुफाबाट २ लिटर पानी लिएर पेपर फिल्टर गरेर ई डिएनए निकालियो । त्यसपछि १० गुफामा स्यालामेन्डर भएको पत्ता लागेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया