सोमबार, माघ २७, २०७६ || 735  पटक पढिएको

लुम्बिनीमा एक महिलाको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको हो । पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत घटना स्थलमा फेला परेको ईप्रका लुम्बिनीका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिए । महिलाको शव सडेका कारण पहिचान गर्न नसकिएको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भीम अस्पताल पठाइएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख कार्कीले बताए । यसैगरि सियारी गाउँपालिका वडा नं. १ सोनारेत गाउँको पश्चिम तिनाउ खोलामा सोही गाउँ बस्ने अन्दाजी ५० वर्षीय धनीराम भन्ने दशबुन चाईको शव फेला परेको छ । भीम अस्पताल भैरहवामा शवको पोष्टमार्टम गरी प्रारम्भिक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!