खबर ठुलो छ

ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ । सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँको अवस्था गम्भीर छ । हामी अस्पताल लाँदैछौं ।’ घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन । ललितपुरका डीएसपी सन्तोष तामाङले भने, ‘कुन हतियार प्रयोग भएको थियो भन्ने हेरिरहेका छौं ।’

सोमबार, माघ २७, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया