हिपमत डटकम

आइतबार, आषाढ २०, २०७८ || 1422  पटक पढिएको

हालसम्म यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो । तर, अब यो मान्यता पुरानो भएको छ । एक वैज्ञानिक अध्ययनका अनुसार मानिस तथा मुसामा दिमागको एउटा भागले मात्रै यौन सम्बन्ध बनाउने वा नबनाउने निर्णय गर्छ । यसैका आधारमा पोथीमा प्रोजेस्टेरोन (Progesterone) तथा एस्ट्रोजेन (Estrogen) हर्मोन्स निस्कने तय हुन्छ ।

पोर्चुगलको चैपालीमौड सेन्टरका प्रमुख अनुसन्धानकर्ता सुसाना लिमाका अनुसार मानिस तथा मुसामा ‘प्रोजेस्टेरोन’ तथा ‘एस्ट्रोजेन’ हार्मोन्सले नै यौन सम्बन्धका लागि एकले अर्कोलाई स्वीकार गर्ने / नगर्ने कुरा तय गर्छ । पोथी मुसामा यसले प्रजनन क्षमताको स्तर पनि निर्धारण गर्छ । यो सबै कुरा दिमागको एउटै हिस्साले मात्रै तय गर्ने गर्छ ।

सुसाना लिमाका अनुसार कोही महिला तथा पुरुष एक अर्कासँगको यौन सम्बन्ध स्वीकार गर्छन वा गर्दैनन् भन्ने कुरा दिमागको यसै भागले निर्धारण गर्छ । पोथी मुसाले भने ६ दिनमा आफ्नो ‘सेक्स पार्टनर’ यथावत राख्ने वा छोड्ने निर्णय गर्छ । यी दुई हार्मोन्सले मुसालाई यति छिट्टै यस्तो उग्र फैसला लिन प्रेरित गर्ने कुरामा वैज्ञानिकहरु हैरान बनेका छन ।

सुसाना लिमा भन्छिन, यस अनुसन्धानबाट प्राप्त जानकारीअनुसार पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि जिम्मेवार बनाउने दिमागको एउटा हिस्सा ‘वेन्ट्रोमेडिएल हाइपोथ्यालामस’ (Ventromedial Hypothalamus – VMH) रहेको हुन्छ । यसभित्र पनि कैयौं कम्पार्टमेण्ट बनेका हुन्छन् । हरेक कम्पार्टमेण्टमा ‘न्युरोनस’ हुन्छन् । यिनले पोथीको प्रजनन क्षमता निर्धारण गर्नुका साथै यौन सम्बन्ध स्वीकार्यतालाई सक्रिय बनाउँछन् ।

सुसानाको अध्ययन २० अप्रिलको ‘इन्यूरो’ (eNeuro ) जर्नलमा प्रकाशित भएको छ । यसमा यो बताइएको छ कि ‘वेन्ट्रोमेडिएल हाइपोथ्यालामस ‘ (भिएमएच) भित्र कस्ता प्रकारका कर्माटमेन्ट्स हुन्छन् ? यसले कसरी पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि तयार गर्छ ? साथै यसले नै यौन व्यवहारलाई निर्धारित गर्छ भन्ने जानकारी दिइएको छ ।

अध्ययनमा जनाइए अनुसार ‘भिएमएच’ अलग अलग भाले वा पुरुषलाई देखेर भिन्न भिन्न प्रतिक्रिया गर्छ । यसै अनुसार नै पोथी वा महिलाको प्रजनन ग्रन्थी सक्रिय हुन जान्छ ।

सुसानासँग काम गर्ने पिएचडी शोधार्थी इन्स डियान्सका अनुसार पोथीमा प्रजनन चक्रका दौरान ‘भिएमएच’का ‘न्युरोन’ लगातार परिवर्तित भइरहन्छन । ‘भिएमएच’ को मुख्यतया तीनवटा कम्पार्टमेण्ट हुन्छ । यी कम्पार्टमेण्टमा रहेका ‘न्युरोन’ ले नै ‘प्राजेस्टेरोन’ हार्मोनलाई स्वीकार गर्ने गर्छन् । ‘न्युरोन’ को रवैया हरेक कम्पार्टमेण्टमा बदलिरहेको हुन्छ । यसले भिन्न भिन्न तरिकाले काम गर्छ । यहाँसम्म कि यौन स्वीकार्यताको फैसलालाई समेत ‘न्युरोन’ ले बद्लिन सक्छ ।

अध्ययनको निष्कर्ष अनुसार कुनै पोथी मुसाले भालेसँग सम्बन्ध राख्न अस्वीकार गर्ने बेला ‘फ्रन्ट’को कम्पार्टमेण्टका ‘न्युरोनस’ सक्रिय भएका हुन्छन् । यस अवधिमा ‘भिएमएच’मा धेरै सक्रियता तथा परिवर्तन आएको देखिन्छ । तर जब यौन सम्बन्ध स्वीकार्य हुन्छ त्यसबेला पछाडिको कम्पार्टमेण्टका ‘न्युरोन’ सक्रिय भएका हुन्छन् ।

सुसानाका अनुसार ‘भिएमएच’ले पोथी वा महिलाको सामाजिक यौन व्यवहार दर्साउँछ । कुन भाले वा पुरुषसँग सम्बन्ध राख्ने वा नराख्ने भन्ने कुराको निर्धारण यसले नै गर्ने गर्छ । त्यस्तै पुरुषमा भने ‘भिएमएच’ कम्पार्टमेण्टले आत्मरक्षा (सेल्फ डिफेन्स)को काम गर्ने गर्छ ।

अचम्मको कुरा त ‘भिएमएच’ले पुरुष तथा महिलामा अलग अलग प्रकारले काम गर्छ । यसै कम्पार्टमेण्टले खाना खाने, भाग्ने तथा आफूलाई सुरक्षित बनाउने काम गर्छ । तर यस अध्ययनले पोथीको ‘सेक्सुअल’ व्यवहारको ‘न्युरल’ आधार के हो भन्ने थाहा हुन सकेको छैन ।

अध्ययनबाट यो कुरा स्पष्ट भएको छ कि प्रजननसँग जोडिएका हार्मोन्सको दिमागी सक्रियतासँग सीधा सम्बन्ध हुन्छ । साथै प्रजनन तथा यौन इच्छाका लागि दिमागको एउटै मात्र भाग उत्तरदायी रहेको हुन्छ । यस अध्ययनबाट भविष्यमा वैज्ञानिकलाई विभिन्न थप कुराको जानकारी पाउन सजिलो हुन्छ भन्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!