सर्लाही । सर्लाहीको भुमि सुधार कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालय डेढ महिनापछि संचालनमा आएका छन् । वैशाखको दोस्रो सातादेखि पूर्ण रुपमा बन्द रहेको कार्यालय आइतबार देखि सञ्चालनमा आएको हो ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिन साथ ती कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको थियो । आइतवार देखि संचालनमा आएको मालपोत, नापी तथा भूमि सुधार कार्यालय बिहान १० बजे देखि २ बजे सम्म संचालन हुनेछ । दैनिक १२ जनालाई टोकन वितरण गरि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । टोकन लिन सरोकारवाला आफै उपस्थित हुनु पर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा जारी सूचनाको आधारमा कार्यालयहरु संचालन हुने भएका छन् । जिल्लामा कोरोनाको संक्रमण दर घट्दो क्रममा रहेकोले कार्यालय संगै व्यपार व्यवसाय समेत संचालान हुने भएको छ ।

बिहान १० बजे देखि साँझ ५ बजे सम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना तथा भीडभाड नहुने गरी व्यापार व्यवसाय समेत चलायमान बनाउन सोही सुचनामा उल्लेख गरिएको छ । लामो निषेधाज्ञाले गर्दा व्यापार व्यवसायीमा प्रत्यक्ष असर परेको कुरालाई दृष्टिगत गरी व्यापार व्यवसाय संचालान गर्ने जनाएको छ ।

त्यस्तै जग्गा रजिष्ट्रेशन, बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा, दृष्टिबन्धक लगायतका कार्य तथा मालपोत कार्यालय र नापी कार्यालयहरुबाट आइतबार देखि सेवा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!