सोमबार, माघ २७, २०७६ || 648  पटक पढिएको

सुनसरीको दुहवी नगरपालिका ६ की सम्झना खत्री परियारको हत्या प्रेमीले गरेको रहस्य सार्वजनिक भएको छ । गत शुक्रबार बिहान विराटनगर महानगरपालिका(१२ मलहनुवा शव फेला परेको थियो। उनलाई प्रेमी सुरेन्द्रप्रसाद साहले हत्या गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो।

सम्झना मंगलबार बिहानदेखि घरबाट हराएकी थिइन्। साहले फोन नउठाएको झोकमा हत्या गरेको मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए। विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रहरीले घटनाको रहस्य सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा एएपी अधिकारीले भने, ‘फोन नउठाएर खोज्न गएका साहले कहाँ गएको भन्दै सोध्दा सम्झनाले जवाफ नदिएपछि हत्या गरेको बयानबाट खुलेको छ।’

उखुबारीमा युवतीको शव
सुनसरीको दुहवी नगरपालिका ६ काली मन्दिर नजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना विगत ३ वर्षदेखि साहसँगको प्रेम सम्बन्धमा थिइन्। सप्तरीको कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढा घर भइ हाल बुढीगंगा गाउँपालिका ३ पोठियामा डेरा गरी बस्दै आएका साह क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर इन्चार्जको रूपमा कार्यरत छन्। २५ वर्षीय साहको सोही फ्याक्ट्रिमा काम गर्दा सम्झनासँग चिनजान भएको थियो।

मंगलबार सम्झना १० बजेदेखि सम्झना साहको सम्पर्कमा नरहेकोे अनुुसन्धानले देखाएको छ। उनले यो बीचमा पटकपटक फोन गरेको देखिन्छ। एसपी अधिकारीका अनुसार पटकपटक फोन नउठेपछि साह सम्झनालाई घरमै भेट्न गएका थिएँ। घरमा पुग्दा ताल्चा लागेको देखेपछि साह छिमेकमा सोधखोज गरेर निस्किएका थिए। घरमा पुग्दा र छिमेकमा सोधखोज गर्दापनि सम्झानालाई नभेटेपछि साह फेरि फ्याक्ट्रीमै फर्किएका साह साँझ ४ बजेपछि फेरि सम्झना खोज्न निस्किएका थिए। सम्झनालाई बाँसघारी चोकमा भेटेका साहले बाइकमा राखेर विराटनगर महानगरपालिका १२ मलहनुवा रिङरोड पुर्याएका थिए। फोन नउठाएको विषयमा केही बेरको वादविवादपछि साहले सम्झनाको सल घाँटीमा बेरी तान्दै उखुबारीमा पुर्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रिसकै झोकमा बाँसले घाटीमा प्रहार गरेर हत्या गरेको बयानको क्रममा साहले प्रहरीसमक्ष स्वीकार गरेका छन्।

यसअघि पटकपटक सम्झनाले साहको डेरामा पुगेर खाना पकाउनुको साधै लुगासमेत धोइदिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। शुक्रबार बिहान नै सम्झनाका श्रीमान् वसन्त परियारले इप्रका नेवुवामा श्रीमती हराएको उजुरी दिएका थिए। उजुरीको आधारमा शुक्रबार नै नेमुवा प्रहरीले साहसँग सोधपुछ गरेर छाडेको थियो। प्रहरीले सम्झनासँगको सम्बन्ध र कल डिटेल हेरेपछि पुनः साहलाई पक्राउ गरेर अनुसन्धान गर्दा रहस्य खुलेको हो। साहले प्रत्येक दिन वा दुई दिनमा शारीरिक सम्बन्ध राख्ने गरेको र एक दिन फोन नउठाउदा तनाव हुने गरेकाले रिसको झोकमा सम्झनालाई मारेको स्वीकार गरेको स्वीकार गरेका छन्। प्रहरीले साहविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान सुरु गरेको एसपी अधिकारीले बताए। सम्झनाका श्रीमान् वसन्त परियार इलाममा टेलरिङको काम गर्दै आएका छन्। सम्झना भने घरमा एक छोरा र एक छोरीसँग बस्दै आएकी थिइन्।
(अन्नपूर्ण पोष्ट्बाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!