हिपमत डटकम

बुधबार, आषाढ १६, २०७८ || 1070  पटक पढिएको
तस्बिर -भारतीय मिडिया जुम

चर्चित अभिनेत्री मन्दिरा बेदीका श्रीमान् राज कौशलको बुधबार बिहान ४९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । मन्दिरा बेदी र उनका प्रशंसकका लागि यो खबर कुनै ठूलो झट्काभन्दा कम होइन । मन्दिरा र राजका दुई सन्तान छन् । सोसल मिडियामा सेलिब्रिटी र प्रशंसकले राजको निधनमा दुःख जताइरहेका छन् ।

राजको निधनमा शोक जताइरहेका छन् सेलिब्रिटीः

फिल्म निर्देशक ओनिरले राजको निधन पुष्टि गरेका छन् । उनले ट्वीटमा लेखे, ‘असाध्यै छिटो गयौ । हामीले फिल्मनिर्माता राज कौशललाई आज बिहान गुमाएका छौं । असाध्यै दुःखद । उनी मेरो पहिलो फिल्म माई ब्रदर निखिलका निर्मातामध्ये एक थिए । उनी ती व्यक्तिमध्ये एक थियो जसले हाम्रो अवधारणालाई विश्वास गरे र हामीलाई समर्थन गरे । भगवानले उनको आत्मालाई शान्ति दिउन् ।’

फिल्मनिर्माता रोनी स्क्रुवालाले राजको आकस्मिक निधनमा हैरानी जताएका छन् । रोनीले राजको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

को थिए राज कौशल ?

राज कौशल व्यावसायिक रुपमा निर्देशक र निर्माता थिए । राजले आफ्नो करियर कपीराइटरको रुपमा सुरु गरेका थिए । त्यसपछि उनले निर्देशनमा कदम राखे । राज कौशलले एन्थी कौन है, शादी का लड्डु, प्यार मे कभी कभीजस्ता फिल्म निर्देशन गरेका थिए । यस्तै माई ब्रदर … निखिल, शादी का लड्डु र प्यार मे कभी कभीलाई राजले निर्माण पनि गरेका थिए । राजले थुप्रै एड फिल्म बनाएका थिए ।

मन्दिरा बेदी र राज कौशलको विवाह सन् १९९९ मा फेब्रुअरीमा भएको थियो । १९ जून सन् २०११ मा मन्दिराले छोरा वीरलाई जन्म दिएकी थिइन् । अघिल्लो वर्ष सन् २०२० मा मन्दिरा बेदी र राजले ४ वर्षकी बालिकालाई धर्मपुत्रीको रुपमा स्वीकारेका थिए । छोरीको नाम उनीहरुले तार बेदी कौशल राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!