सोमबार, माघ २७, २०७६ || 905  पटक पढिएको

चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको हो । चिनियाँ विमान कम्पनीले नेपाल उडान स्थगित गर्दा पोखरा घुम्नेहरूको संख्या एकदमै घटेको छ ।

यस सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकको आगमन हुने गथ्र्यो । त्यसमध्ये पनि २५ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून रहेको अवस्था छ । ‘कोरोनाको महामारीले सबैजसो बुकिङ रद्द भएका छन्,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

चिनियाँ पर्यटक घट्दा होटलको अकुपेन्सी दरसमेत घटेको छ । ‘अघिल्ला वर्ष यस सिजनमा ४० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारी मात्र छ,’ तुलाचनले बताए । अहिले चिनियाँ मात्र होइन, अन्य देशका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरेका छन् । हालका दिनहरूमा पोखरामा चिनियाँ मात्र होइन, अन्य विदेशी पर्यटकसमेत देख्न मुश्किल भएको पर्यटन व्यवसायीको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा नरहरि पौड्यालले लेखेका छन् ।a

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!