बाबुआमाका लागि आफ्ना सन्तानहरु प्राणभन्दा प्यारो हुन्छन् । सन्तानहरुका लागि आफ्ना कैयन् इच्छाहरु समेत त्याग गर्नुपर्दछ । तर हालै एउटा यस्तो दम्पत्ति फेला परेको छ, जसले आफूहरु रोमान्स गर्नका लागि आफ्नो बच्चालाई बालुवामा गाडेको छ ।

सुन्दैमा डर तथा घृणा पैदा हुने यो घटना अर्जेन्टिनाको हो । समुद्री तटमा रोमान्स गर्नका लागि आफ्नो २ वर्षे बच्चालाई बालुवामा खाल्डो खनेर घाँटीसम्म पुरेर राखेको घटनामा सो बच्चाका बाबुआमा पक्राउ परेका छन् ।

घटना अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तटको हो । एक बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएसँगै पुलिस घटनास्थलमा पुगेकेा थियो ।

पुलिस घटनास्थलमा पुग्दा बच्चा गाडिएको ४५ मिनेट पुगिसकेको थियो । त्यहाँ निकै चर्को गर्मी थियो भने बच्चा पनि भोकै थियो ।

पुलिसले तत्कालै बालकको उद्धार गरी दम्पत्तिलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा महिलाको झोलामा केही नशालु औषधिहरु समेत फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबुचाहिँ अर्जेन्टिनी नागरिक हुन् भने आमाचाहिँ चेक गणतन्त्रकी हुन् । उनीहरुसँगै अर्का एकजना पुरुष पनि रहेको तर पुलिस आउनु अगावै उनी भागेको बताइएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!