हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 584  पटक पढिएको

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन्।

कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गर्नेगरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुनेगरी उडान सञ्चालन गरिने उनले जानकारी दिए। अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ।

एयरलाइन्सहरु आफैले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ।

साविककै उडान तालिकाको पचास प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरुसँग नयाँ आवदेन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन।

सिमित अन्तर्राष्ट्रिय उडान भने गन्तव्य हेरि भोलिदेखि नै सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!