आइतबार, माघ २६, २०७६ || 1945  पटक पढिएको

झापा गौरादह नगरपालिका -८ साबिकको जुरोपानी-९ मा आमा हाकिम बत्ती र बुवा नारायण प्रसाद राजबंशी को कोखमा जन्मेका गायक बलबहादुर राजबंशी। प्रारम्भिक शिक्षा श्री अरुणोदय प्रा.बि. र श्री गौरीगञ्ज मा.बि बाट कक्षा १० सम्मको अध्यन पुरा गर्नुभयो। उच्च शिक्षा सिद्धार्थ शिशु सदन बिराटनगर बाट +२ सक्नु भयो। नेशनल ईन्स्टिच्युट टेक्नोलोजी बाट ल्याब असिस्टेन्ट सक्नु भयो। नोबेल मेडिकल कलेज बिराटनगरमा ल्याब टेक्निसिया पढ्नु भयो। लामो समय ल्याब टेक्निसियन भएर काम गर्नु भयो।

सानो उमेर बाटै गीत सङ्गीत बाट प्रभाबित बलबहादुर राजबंशी शिक्षक तथा साथीसंङ्गीहरुको हौसला बाट कतिखेर गायन छेत्रमा हराउँन पुग्नु भयो थाहै भएन। स्कुल तथा कलेजमा हुने कार्यक्रममा उहाँको माग बड्दै गयो। साथ मा पाइने पुरस्कारले झन् हौसला थपिदियो।

स्वरसंगम सङ्गीतालय बिराटनगर गुरु कुशेश्वर राई बाट ६ बर्ष भोकलको शिक्षा लिनु भयो। पहिलो राजबंशी भाषाको एकल एल्बम” बेदना भाग-१”लिएर गीतकार गोपाल प्र राजबंशीको रचना,संगीतकार श्याम कृष्ण बाँस्कोटा, आइतमान सुब्बा र आफ्नै संगीत मा २०६५ मा बजारमा ल्याउनु भयो। काहाॅय छोक आप्नाररे मन…. सुपरहिट भयो। जहाँ कहीँ बज्न थाल्यो, मानिसहरु गुनगुनाउँदै हिँड्न थाले। साथै यसै एल्बमका अन्य सबै गीत स्रोताले मन पराउँन थाले। जसमा देख्ते देख्ते आझी…..,चेङरि गे….,जलेचे जलेचे…..,तुई मोर जीवन…,गौरीगञ्जे बजार….आदि गीतहरु समाबेश गरिएको थियोे। बेदना भाग-२ मा पुरुबे सकाले…., काहार दु:ख….,आदि रहेको छ। बेदना भाग-३ मा सुन्दरी सुन्दरी …,ओ मोर प्राण सखी, मनमने आझि…,लदिर सभाङ्…आदि रहेको छ। बेदना भाग-४ मा चानेर चकमके….,नुतन नुतन….. आदि रहेको छ। यसरी हाल बेदना भाग-५ को लागि काम भईरहेको बताउँनु भएको छ। किन बस्यौं यी आँखामा…. “साया” एल्बममा गितकार बीरेन्द्र कुमार शाह का शब्द, स्वयंम् को संगित तथा स्वर मा बजारमा केही समय पहिले आएको थियोे। जसका प्राय सबै गीत लोकप्रिय भएको छ। “याद आसिछे” एल्बममा गोपाल प्र. राजबंशीको गीत मा स्वर तथा संगित गायक स्वयंम् बलबहादुरको रहेको छ। यसका सबै गीत लोकप्रिय छन्। हाल सम्म आईपुग्दा गायक बलबहादुर राजबंशी १०० भन्दा माथि राजबंशी भाषाका गीतहरुमा स्वर दिई सक्नु भएको छ। उतिकै हाराहारीमा संगीत गर्नु भएको छ। साथै बलबहादुर राजबंशीले चौधरी भाषामा गोरो गोरो गाल….आफ्नै स्वर संगीत तथा गोपाल प्र. राजबंशीको शब्दमा गाउनु भएको छ।

तिमीले त अन्तै मुटु….हरि लम्सालको संगीतमा नेपाली भाषाको पहिलो गीत जसलाई सबैले मन पराए। हिजो सम्म…..महेन्द्र तामाङको गीतमा स्वर तथा संगीत बलबहादुर राजबंशी रहेको छ। तेसपछि यसपालि त बिहे गर्ने हो….,पछुताउनु पर्ला….आदि दर्जनौ गीतहरु रहेका छन्।

रेडियो नेपाल बाट आयोजान हुने देशब्यापी आधुनिक गायन बाट बलबहादुर टप १० मा पुग्नु भयो। द भ्वाईस अफ नेपालको सिजन दुई मा टिम प्रमोद बाट टप ९ मा पुग्नुभएको थियोे। हरेक भागमा जजहरुको राम्रो प्रतिक्रिया पाईरहनु भयो। बटमलाइनमा नपरी भोटिङको आधारमा अन्तत: बाहिरिनु पर्यो बलबहादुर राजबंशीले।

पुरस्कार तथा सम्मान = राजबंशी बिकास समिति बाट सम्मान। जेनिय मियुजिक अवाड बाट नव आधुनिक गयक २०७६ बाट सम्मानित। प्रतिभा सम्मान स्वर संगम संगितालय बाट सम्मानित । साथै विभिन्न संघ सस्था बाट सम्मान पाईसक्नु भएको छ। बेला बेला देश विदेशका कार्यक्रममा उहाँको सक्रिय उस्तै छ।

उहाँ युवा माझ एक आईडियल भई सक्नु भएको छ। उहाँका गित युटुब मा प्रसस्त हेर्न सकिन्छ। उदाउँदा युवा गायक बलबहादुर राजबंशी लाई नेपाली संगित छेत्रमा सफलताको शुभकामना छ।

Attachments area

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!