बिराटनगर

कांग्रेस नेताको उदाहरणीय काम, दैनिक हजारौलाई निशुल्क खाना तर, प्रचार कतै पनि गर्दैनन्

बिराटनगर । नेपालि काँग्रेस मोरंगका जिल्ला सदस्य राजेश गुपताले दैनिकी १३ सय देखि १४ सय व्यक्तिलाई बस्ती बस्तीमा गएर निशुल्क खाना वितरण गर्दै आइरहेका छन् । उनले निषेधाज्ञाले गर्दा काम नपाएर समस्यामा परेकाहरुलाई घरमै गएर खाना बाँडने अभियान संचालन गरेका हुन् ।

बिराटनगर रानी निवाशी गुप्ता नेपाली काँग्रेसबाट गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार समेत बनेका थिए । उनी चुनाव हारे पनि उक्त क्षेत्रमा सबैभन्दा लोकप्रिय नेताको रुपमा आफ्नो छबि बनाएका छन् । गुप्ता निःशुल्क खाना वितरण गरेपनि प्रचार प्रसार नगरेकोले उनको लोकप्रियता अझै बढेको छ।

कोरोना महामारीले गर्दा धेरैले जागिर गुमाएका छन् भने दैनिक ज्यालादारी, खेति मजदुरी गर्नेहरु समेत काम नपाएर समस्यामा परेका छन् । उनीहरुलाई खान समेत समस्या भएकोले आफुहरु निःशुल्क खाना वितरण गर्न लागेको गुप्ताले हिपमत डटकमलाई जानकारी दिए ।

भाई कमलेश गुप्ताको सहयोगमा निशुल्क भोजन अभियान संचालन गरी जोगवनी रानी, मिल्स एरिया लगायतको स्थानमा दैनिक १३ सय देखि १४ सय जनालाई निःशुल्क भोजन गराउँदै आएका छन् । उक्त अभियानको लागि दैनिक २५ देखि ३० हजार सम्म खर्च हुने गरेको गुप्ताले हिपमत डटकमलाई बताए ।

नेता गुप्ता भन्छन् “यो महामारी रहेसम्म यो अभियानलाई निरन्तरता दिन्छु । यहाँको नागरिकहरु मेरो भगवान हो । उहाँहरुको आशिर्वाद माया र स्नेह सदैब म संग रहेको छ । म सानैदेखि यहि माटोमा हुर्केको खेलेको छु । आज यहाँ समस्या हुदाँ म पछि हट्न मिल्दैन, यो अभियानलाई म निरन्तरता दिन्छु ।” उनी भन्छन् “चुनावमा हार जित त भई नै हाल्छ । यहाँको जनताले मलाई हराए पनि मेरो लागि सबैथोक उहाँहरु नै हो । उहाँको समस्यामा खटि रहन्छु। जित्नु नै सबै थोक होईन यो मेरो जिम्मेवारी पनि हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!