झापाकाे गौरीगंज गाउँपालिका वडा नम्बर ३ स्थित ठेडीटोल चोकमा बसाेवास गर्दाे आएक एक परिवार लाई आफ्नो २२ महिने छाेरीकाे उपचारका लागि आर्थिक अभावकाे कारणले गर्दा समस्यामा परेका छन ।

छाेरी सन्ध्याकाे शरिरमा जन्मेको समय देखि उनको ढाडमा पलाएकाे ट्युमरकाे कारण अहिले दिनप्रतिदिन बडदै गए पछि थप समस्यमा परेका हुन । उनको शरीर पछाडी जन्म बितिकै सानाे भएको टुयुमर अहिले दिनप्रतिदिन बडन थालेपछि जीवन मरणको दोसाधमा छिन् । अरुकाे घर भाडामा लिएर बस्दै आएका साे घर समेत भत्कीनै आटेको र परीवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भए पछि उनीहरु झनै चिन्तित बन्दै गएका छन । जन्मने बितिकै वालिकाको ढाडमा ट्युमर पलाएको र अहिले सो ट्युमर फुटेर टाउकोमा समेत पानी पुगेर जमेकाे हुनाले अहिले उनको उपचार तथा अप्रेसनका लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भईरहेकाे र उनले टुयुमरकाे सल्यक्रिया भएको र टाउकोकाे सल्यक्रिया गर्ने केही समय लाग्ने उनका बुबा देवेन्द्र राईले बताए ।

उनको उपचारमा १५ लाख रुपैयाँ भन्दा बडि खर्च हुने भएकोले आफूहरु संग आर्थिक अभाव भएको हुनाले देश विदेशमा रहने नेपालीहरुलाई सहयोग गरि छाेरीकाे जीवन रक्षाकाे लागि अनुरोध समेत परिवारले गरेका छन । अहिले उनीहरुकाे घरमा समेत ५ जनाको परिवार रहेको र परिवार पालनपोषणका लागि उनिहरुले भाडाकाे घरमा सानो होटल समेत चलाउदै आएका छन ।

बिगत एक महिना देखिकाे लकडाउनका कारण होटल समेत नचलेकाे र पाँच जना परिवार लाई समेत पालनपोषण गर्ने हम्मे हम्मे परेको आमा लक्ष्मी राईले बताईन । उनलाई आर्थिक सहयोग गर्न चहाने व्यक्तिहरुले नेपाल बैंक लिमिटेडको गौरीगञ्ज शाखामा उनका वुवा देबिन्द्र राईको Debindra Rai को नाममा रहेको खाता नम्बरकाे खाता 07301007048922000001 आर्थिक सहयोगकाे अपेक्षा समेत राखेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!