हिपमत डटकम

शुक्रबार, आषाढ ०४, २०७८ || 788  पटक पढिएको

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो।

सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुने। उनीहरूलाई अचम्म लाग्यो तर कसैले गंगाबाट बाकस बाहिर निकाल्ने आँट गरेनन्। बाकसभित्र बच्चा रोइरहेको सुनेपछि स्थानीय गुल्लु मल्लाह भने गंगामा पसे र बाकस किनारमा ल्याए।

बाकस खोलेर हेर्दा त्यहाँभित्र रातो कपडामा बेरिएकी एउटा बच्ची थिइन्। उनको शरिरमा कुनै चोट पटक थिएन बरू बाकसमा हिन्दु देवी दुर्गाको तस्बिर पनि टाँसिएको थियो।

बाकसको छेउमा ती बच्चीको नाम र जन्म मिति उल्लेख भएको कागज थियो। जसमा उनको नाम ‘गंगा’ लेखिएको थियो भने जन्म मिति २५ मे २०२१ उल्लेख गरिएको थियो।

‘मैले गंगामातालाई कन्यादान गरेको छु,’ पनि लेखिएको कागजमा ‘ॐ’ र ‘जय माँ दुर्गा’ पनि लेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै पाल्छु भनेर घर ल्याए। घरमा उनकी बुहारीले दूध खुवाएपछि बच्ची शान्त भइन्।

त्यतिञ्जेलसम्म प्रहरीले पनि यो कुरा थाहा पाइसकेको थियो। प्रहरीले गुल्लुको घरबाट ती बच्चीलाई ल्याएर अस्पतालमा भर्ना गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको सबै लालन-पालन राज्य सरकारले गर्ने बताएका छन्। उनले बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमूना देखाएकाले सरकारी सुविधा दिने घोषणा गरेका छन्।

ती बच्चीलाई कसले, किन त्यसरी गंगामा बगायो भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। news source :- Setopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34