हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 489  पटक पढिएको

विसं २०७८ साल असार ०३ गते । बिहीबार । इस्वी सन् २०२१ जुन १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–सप्तमी, ३१ घडी ५३ पला, बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– पूर्वाफाल्गुनी, ३४ घडी ३० पला, बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त उत्तराफाल्गनी । योग– सिद्धि, ५३ घडी ०९ पला, रातको ०२ बजेर २५ मिनेट उप्रान्त व्यातिपात । करण– गर, बिहान ०६ बजेर ३१ मिनेट उप्रान्त वणिज, बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुने छैन ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को हा)
स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णय आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नीबीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईंले गरेका काममा सहयोग प्राप्त हुनेछ । पढाइलेखाइमा सफलता हात लाग्ने योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक काम समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण काम थाँती रहनेछन् । विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । तर पनि राजनीति तथा सामाजिक काममा राम्रा काम गर्न सकिने हुनाले पद प्राप्तिको योग रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइलेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित काम समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला, अनावश्यक धन तथा स्थायी सम्पत्ति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हाबी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुनेहँुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइती बीच सामान्य कुरामा राय बाझिनेछ । साँझपख दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपार्ईंको नाम आउनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । पढाइलेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
प्रतिस्पर्धीहरु हावी हुनेछन् । अदालती निर्णयहरु तपार्ईंको पक्षमा नआउने हुनाले मानसिक तनाव बढ्नेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्नेछ भने आफन्तहरुले नै तपार्ईंसँग शत्रुतापूर्ण व्यावहार गर्नेछन् । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!