हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 637  पटक पढिएको

काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३५४ जना, ललितपुरका ६६ जना र भक्तपुरका ७९ जना छन्।

अहिले काठमाडौं उपत्यकामा १२ हजार ७२२ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंका मात्रै ७ हजार ३३७, ललितपुरका ३ हजार ५७ र भक्तपुरका २ हजार ३२८ जना छन्।

 

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। १३ हजार २२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो।

 

त्यस्तै, ३ हजार ८२ जना भने निको भएका छन् भने संक्रमणबाट थप ५२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!