हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 1019  पटक पढिएको

‘गन गर्ल’ अभिनेत्री लीजा बेन्सको निधन भएको छ । न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो । केही दिनको उपचार पछि उनको निधन भएको हो ।

लीजाको निधन भएको उनको सहकर्मीले बताए । उनले भनेका छन् ‘लीजाको निधमा दुखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’
रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर चढेको व्यक्तिले उनलाई ठक्कर दिएका थिए । पुलिस आउनु पहिले नै ती ब्यक्ति दुर्घटना स्थलबाट फरार भए । दुर्घटनामा लीजालाई ठुलै चोट लागेको थियो । पुलिस अधिकारीले दुर्घटना घटाउने फरार ब्यक्ति अहिलेसम्म फेला नपरेको बताएको छ ।

लीजाले कयौ टिभी सिरियल र फिल्ममा अभिनय गरेकी छन् । जस मध्य ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’बाट फरक परिचय मिलेको थियो । उनले थुप्रै शोमा समेत काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!