हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 900  पटक पढिएको

विराटनगर । नेपाल सोनार समाज सेवा समिति मोरङ्गले हाम्रो अभियान अन्तर्गत समस्यामा परेकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सोमवार विराटनगर र कटहरीका १३ जना परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

१५ किलो चामल, १किलो दाल, १ प्याकेट तेल, १किलो नुन, आलु, सोयाबिन साथै मास्क सहितका खाद्यान्न सामग्री उनीहरुको घरमै गएर वितरण गरिएको हो । संस्थाका अध्यक्ष महेश कुमार साहले हाम्रो अभियान जारी रहेकोले समस्यामा परेकाहरुलाई हामी संग सम्पर्क गर्न आग्रह समेत गरेका छन् । उनले समस्यमा परेकाहरुको बारेमा थाह पाए लगत्तै हामीले सके सम्मको सहयोग गर्ने बताए ।

यस अभियानमा नेपाल सोनार समाज सेवा समिति मोरङ्ग सल्लाहकार दिनेश साह, राजाराम साह, सचिव नारायण स्वर्णकार, राजिव साह, बिवेक साह, उमेश साह, लालु प्रसाद साह सहित नेपाल वैश्य युवा संघ मोरङ जिल्ला अध्यक्ष गणेश कुमार साह लगायतको सकृय सहभागिता तथा सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!