हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 583  पटक पढिएको

विराटनगर । झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरिएको छ । ५ ग्राम र ४ ग्राम ब्राउन सुगर सहित ईलामक ४ र झापाका १ जना सहित ५ जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।

आईतबार ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।

त्यस्तै आईतबार नै प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!