चीनको नेशनल हेल्थ कमिसन(राष्ट्रिय स्वास्थ्य आयोग) ले कोरोना भाइरसको आधिकारिक नाम दिएको छ –नोवल कोरोनाभाइरस न्युमोनिया(एनसपी) । उसले चीनका सरकारी विभाग तथा संगठनहरुलाई नोवल कोरोना भाइरस न्युमोनिया नाम राख्न निर्देशन दिएको छ ।
शनिबार एक पत्रकार सम्मेलनमा आयोगले भाइरसको आधिकारिक नाम घोषणा गरेको थियो । तथापि, यो नाम स्थायी भने हुनेछैन । स्थायी नाम नराखिएसम्म यही नाम प्रयोग गर्न आयोगले निर्देशन दिइएको छ । संसारभर देखिएका नयाँ भाइरसको स्थायी नाम दिने काम ‘इन्टरनेशनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेस’को हो । बीबीसीका अनुसार उक्त कमिटीले केही दिनभित्रै भाइरसको नयाँ नाम घोषणा गर्न लागेको छ