जी–सेभेन देशका नेताले अर्को वर्षसम्म कोरोना भ्याक्सिनको एक अर्ब डोज दान गर्ने घोषणा गरेका छन् । यो जानकारी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिएका हुन् । बेलायतले यस वर्ष जी–सेभेन सम्मेलनको आयोजना गरेको हो ।

बोरिस जोनसनले एक पत्रकार सम्मेलनमा यसबारे घोषणा गर्दै जी–सेभेन देशका नेता महामारीको समयमा ‘राष्ट्रवादी’ र सुरुवातको ‘स्वार्थ’ बाट अघि बढ्न चाहेको बताएका छन् ।

उनले भने, ‘जी–सेभेन देशका नेताले अर्को वर्षसम्म गरिब देशलाई कोभिड भ्याक्सिनको एक अर्ब डोज दानमा दिने प्रण गरेका छन् । यी भ्याक्सिन या त सिधै दिइन्छ या कोभ्याक्स स्किम अन्तर्गत । योमध्ये १० करोड डोज बेलायत एक्लैले दिनेछ ।’

बोरिस जोनसनले यसलाई संसारभरीको खोप अभियानका लागि एउटा ठूलो कदम भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!