हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 490  पटक पढिएको

एजेन्सी । इजरेलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् । आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन् ।

उनलाई हटाउँदै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो ।

दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् ।

नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन् । नेतन्याहूले आफू अरूले सोचेभन्दा छिटो सत्तामा फर्किने बताएका छन् । संसद्‌मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, ‘हामी फेरि फर्किने छौं।’

नेतन्याहू सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एक युगको अन्त्य भएको बताएका छन् । नेतान्याहुले पाँचवटा कार्यकाल शासन गरेका छन्। सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हालेका उनी सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा छन् ।

सन् २०१९ को एप्रिलमा उनले चुनाव घोषणा गरेका थिए । निर्वाचनको परिणामअनुसार १२० सदस्यीय इजरायलको संसद कुनेसटमा नेतन्याहुको लिकुड पार्टीको ३० सिट छ । उनले अरू तीन वटा धार्मिक र राष्ट्रवादी पार्टीहरूसँग गठबन्धन गरेका छन् । अहिले प्रधानमन्त्री बनेका बेनेटको पार्टीले उक्त चुनावमा ६ सिटमात्र जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!