हिपमत डटकम

आइतबार, जेठ ३०, २०७८ || 397  पटक पढिएको

काठमाडौं । सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ ।

पदाधिकारी तथाकर्मचारी नियुक्ति र उनीहरूको खटनपटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो ।इजलासले योग्यतान पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टाचारको मुद्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै संशय पैदा हुने गरेका कारण आयोग निष्पक्ष नभएको उल्लेख गरेको छ ।

अख्तियार आफैले घुस रकम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई पक्राउ गर्ने कार्यविरुद्ध दायर भएको रिट निवेदनमाथि भएको अन्तिम आदेशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवैधानिक इजलासले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको हो । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!