शनिबार, माघ २५, २०७६ || 664  पटक पढिएको

पहिले-पहिले विरहका भाव मन्द बिटको गीत मार्फत पोखिन्थ्यो भने अहिले बजारमा फास्ट गीतहरुको चर्चा परिचर्चा बढी भएकोले आफुले भित्र लुकेका पिंडा र बेदनाका भावलाई पनि फास्ट बिटको गीत मार्फत नै ब्यक्त गर्न थालिएको छ । सोहि पेरिफेरीमा भर्खरै मात्र लक्ष्मी श्रीमालिको लोक दोहोरी गीत “कान्छी” सार्बजनिक भएको छ । गीतमा आफुबाट निकै समय टाढा रहेकी आफ्नी प्रेमिका संग भेट भएपछी मनभरि गुम्सिएको भाव खोलिदेउ भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतमा लक्ष्मी श्रीमाली र राजकुमार काफ्लेको सुमधुर स्वर सुन्न सकिन्छ ।

मौलिक स्वादमा राजु विरहीको लय र प्रकाश पुरीको शब्द सिर्जना द्वारा सजिएको गीतको म्युजिक भिडियोमा राजु बिरही र रिना थापा मगरको आकर्षक अभिनय सहित नृत्य देख्न सकिन्छ । मन भित्रको पिंडा समाबेश गरिएको भए पनि रोमान्चक सैलिमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम, कोरियोग्राफी अमों राना र सम्पादन रोशन धितालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!