सोमबार, मंसिर ०९, २०७६ || 1482  पटक पढिएको

बिराटनगर ,
फिल्ममा व्यस्त नायक पल शाह पछिल्लो समय सेलेक्टेड गीतहरुमा मात्र देखिदै आएका छन् । अहिलेका डिमान्डेड नायक पल शाह र स्मृती श्रेष्ठको अभिनय रहेको गीत भिडमा पनि सार्वजनिक गरिएको छ । बिधान कार्कीको निर्देशनमा तयार भिडियोमा पल र स्मृतीको प्रेम लाइ भिडियोमा रोमान्टिक तवरमा देखाइएको छ ।

चर्चित गीतकार अम्बिका गुरुङको शव्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको सुमधुर संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । गीतमा सुमन केसी र बिद्या तिवारीको आवाज रहेको छ । गायक सुमन केसी पछिल्लो समय चलचित्र पाश्र्व गायनमा व्यस्त छन् भने गायीका तिवारी रियालिटी शोहरु बाट चर्चा कमाएकी गायीका हुन् ।

भिडियोको मेकिङ उच्च देखाउन निर्देशक कार्कीले कुनै कसर बाकी राखेका छैनन् । कार्की अमेरीकामा फिल्म मेकिङ अध्ययन सकाएर देश फर्केका हुन् । भिडियोलाइ उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक कार्की बताउछन् ।

भावसागर इन्टरटेनमेन्ट र नेपसिने ले संयुक्त रुपमा निर्माण प्रस्तुत गरेको हो । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन , बिकाश दाहालको सम्पादन र रेनीस फागोको रंग संयोजन रहेको छ ।.

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!