हिपमत डटकम

शनिबार, जेठ २९, २०७८ || 621  पटक पढिएको

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले अष्ट्रेलियाविरुद्ध सम्मानजनक प्रदर्शन गरेको बताएका छन् । उनले वीर गोर्खाली जस्तै प्रदर्शन गरेको बताए । प्रशिक्षक अलमुताइरीले नेपाली खेल रक्षात्मक नभएर काउन्टर खेल्ने प्रयास गरेको बताए ।

‘हामीले आफ्नो उत्कृष्ट दियौं । हामीले काउन्टरमा खेल्ने प्रयास गर्यौ । हामीले रक्षात्मक खेल्ने प्रयासनै गरेनौं ।’ अलमुताइरीले भने ।

उनले कुवेत, जोर्डन जस्ता बलियो टिमविरुद्ध खेल्ने अष्ट्रेलियाजस्तो टिमका विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले अष्ट्रेलियाले नेपालविरुद्ध सम्मान देखाएर बलियो टिम उतारेको प्रतिक्रिया दिए ।

विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग ३–० ले पराजित बनेपछि मुख्य प्रशिक्षक अलमुताईरीले आफ्ना खेलाडीको प्रशंसा गरेका छन् ।

उनले वीर गोर्खाली जस्तै खेलाडीले मैदानमा प्रर्दशन गरेको दाबी गरे ।

‘हामीले गोर्खाली जस्तै खेल्यौं । १० खेलाडीमा सिमित बने पनि केही फरक परेन । खेलाडीले हर सेकेन्ड मिहिनेत गरेर खेले ।’ अलमुताइरीले खेलपछि भने ।

नेपाल पहिलो लेगको खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो ।

अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरे । ‘उनीहरु एक पछि अर्को गर्दै चुनौती दिए । उनीहरु दौडिन रोकिएनन् । तर हामी निश्चित काम गर्न यहाँ आएका छौं । त्यो पूरा भएको छैन ।’ उनले भने ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सिमित बनेको थियो । डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो । सो अवस्थामा नेपाल २–० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासँग थप एक गोलमात्र ब्यहोर्यो ।

मुख्य प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडी आयुष घलान, कमल थापा र सुरज जिउ ठकुरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!