हिपमत डटकम

बिहिबार, जेठ २७, २०७८ || 1092  पटक पढिएको

सेवा नै धर्म हो । रोगको साथसाथै भोकले कुनैपनि मान्छे नमरुन भन्ने उद्देश्यको साथ नेपाल वैश्य युवा संघ मोरङ्गले अति बिपन्न परिवारलाई घर–घरमा राहत अभियान सुरु गरेको छ ।

अभियानमा १५ किलो चामल सहित दाल, नुन, आटा, आलु, प्याज, खानेतेल, भुजा, सोयाबिन लगायतका खाधान्न सामाग्री वितरण गरिएको हो । खार्जी, घोगापुल चौक, बुद्ध चौक, सरोचिया, रामपुर शिव मन्दिर पछाडि, महेन्द्र चौक लगायत ठाँउमा घुमि घुमि खाद्यान्न वितरण गरिएको अध्यक्ष गणेश कुमार साहले हिपमत डटकमलाई जानकारी दिए । उनले समाजिक संजाल फेशबुक मार्फत सहयोगको लागि आग्रह गरेका एक परिवारलाई घरमै गएर खाद्यान्न सामग्री पुर्याएको बताए ।

यस अभियानको लागि दिनानाथ साह, महेश कुमार साह, शिवनारायण गुप्ता, गणेश कुमार साह, सन्तोष साह, उमा शंकर भगत, प्रदिप कुमार दास(छोटु) लगायतका व्यक्तिहरुले सहयोग गरेको छ ।

संस्थाका पदाधिकारी एवं सल्लाहकारहरु गणेश कुमार साह, सन्तोष साह, अशोक सिंह, महेश कुमार साह, शिवनारायण गुप्ता, लगायतको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!