साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १.८ अंक घटेर २९४४.७८ विन्दुमा पुगेको छ । बुधबार ३००० विन्दु पार गरिसके पछि साढे १३ अंकको करेक्सन भएको बजार बिहीवार समेत १.८ अंक घटेर २९४४.७८ विन्दुमा पुगेको छ ।

यस दिन परिसूचक ओरालो लागेपनि सेन्सेटिभ इण्डेक्स २.५९ अंक बढेर ५२७.८७ मा पुगेको छ । बिहीबार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको कारोबारमा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीवार अधिकांश जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वाधिक पाँचथर पावर कम्पनीको १० प्रतिशत शेयर मूल्य बढेको छ भने, शिवश्री हाइड्रोपावर, नगडी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, वरुण हाइड्रोपावर, सी ई डी बी हाइड्रोपावर, अरुण भेली हाइड्रोपावर, जोशी हाइड्रोपावर, छ्यांदी हाइड्रोपावर, पोखरा फाइनान्स, एपी पावर कम्पनीको शेयर मूल्य ९ प्रतिश भन्दा बढीले बढेको छ ।

जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेसँगै जलविद्युत उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ । यस दिन उकालो लागेका ६ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन २.६३ प्रतिशत र वित्त उपसमूहको २.५७ प्रतिशत बढेको छ । यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा घटेको छ ।

कारोबार रकमका आधारमा भने यस दिन एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण सर्वाधिक कारोबार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!