लगातार उकालो लागेको नेप्से कारोबर बुधवार नेप्से सूचक १३.५६ अंकले घटेर २९४६ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ सूचक समेत २.८३ अंकले घटेको हो ।

यस दिन २२१ वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहका सूचकमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहका सूचक नकारात्मक देखिएका छन् ।

बुधबार भएको कारोबारमा युनाइटेड मोदी हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने रिडी हाइड्रोपावर ९.९२, सिइडिबी हाइड्रोपावर ९.८६, अरुण भ्यालि हाइड्रोपावर ९.८६, वरुण हाइड्रोपावर, पोखरा फाइनान्स ९.६३, प्रभु इन्स्योरेन्स ९.६१, प्रतिशतले बढेको छ ।

यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ७९ लाख, नेपाल इन्स्योरेन्सको ५१ करोड, लुम्बिनी विकास बैंकको ४८ करोड र युनाइटेड मोदि हाइड्रोपावरको ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!