सोमबार, मंसिर ०९, २०७६ || 2563  पटक पढिएको

बिराटनगर ,

मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले नगरको सबैभन्दा ठूलो आयोजनाको शुक्रबार शिलान्यास गर्नुभएको छ । बिराटनगर–रङ्गेली–आमबारी सडकसँग जिल्ला कै पुरानो बजार सुगाहाटलाई जोड्ने केरौजा– कैमी सडक कालो पत्रे गर्ने योजनाको आज शिलान्यास गरिएको हो ।
१४ दशमलब ६ किमीको सो सडकको ७ किलोमिटर सडक कालोपत्रे हुने नगर प्रमुख कालीप्रसाद दासले बताउनु भयो । महादेव– खिम्ती साह जेभिले निर्माण गर्ने सडक ५ मिटर चौडाईको हुनेछ । नगरपालिकाले १२ करोड ८४ लाख ९० हजार ६२६ रुपियाँको लागत अनुमान निकालेको सडक ३२ दशमलव ४५ प्रतिशत कमी खर्चमा निर्माण हुन लागेको हो । निर्माण कम्पनीका सञ्चालक मनोज साहले भन्नुभयो– ३ सय ९५ दिनको समय पाएका छौं । सो अवधिमा नगरपाकिलालाई कालोपत्रे सडक हस्तान्तरण गर्छौं । उहाँले ८ करोड ६७ लाख ९८ हजार ९३८ रुपियाँमा सडकको ठेक्का लिएको बताउनु भयो ।
सडक बनेपछि सुजवर्षी नगरपालिकाका ६,३ र २ नम्वर वडाका गाउँ गाउँमा साना ठूला सवारी साधन पुग्ने वडा नं.४ का वडाध्यक्ष टेकबहादुर बिष्टले बताउनु भयो । गाउँ सम्म स्कुल बस पुग्ने भन्दै स्थानीय मन्जु शर्माले खुसी प्रकट गर्नुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!