शनिबार, माघ २५, २०७६ || 1194  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,माघ २५ : सुन्दै अचम्म, एउटै कुकुरको मूल्य लाखदेखि करोडसम्म ? खाना दैनिक ४ किलो मासु । कुकुरमा यति धेरै लगानी गर्नुको कारण मनग्गे फाइदाका लागि भने होइन । केवल शोखका दैनिक खर्चिलो रुपमा कुकुर पालिन्छन् । ललितपुरका राज शाहले १० वटा कुकुर पालेका छन् । उनले पालेका २ कुकुरको मूल्यले एउटा परिवारका लागि घर नै बनाउन सकिन्छ । शाहले तिबेतीयन मास्टिभ जातको कुकुर पालेका छन् जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा करोडमाथि पर्छ । नेपालमा यो जातको कुकुरको बच्चाको मूल्यमात्रै १ लाखदेखि ५ लाखसम्म पर्ने उनले सुनाए । लतितपुरमा गरिएको कुकुर प्रतिस्पर्धा कार्यक्रममा शनिबार उनले तिबेतीयन मास्टिभ जातको कुकुर प्रतिस्पर्धाका लागि ल्याएका थिए । सुल्तान नाम राखिएको सो कुकुरले दैनिक ४ किलो मासु खाने गरेको छ । १५ महिनाको यो कुकुर अहिले ८० किलोको छ । उमेर बढ्दै जाँदा १ सय २० किलो सम्म हुने उनले बताए । सुल्तानलाई सरसफाई गर्न नै २ घण्टा समय लाग्ने उनले बताए । यो प्रजातीको कुकुर नेपालमा १० वटा हाराहारी रहेको उनले बताए । दिउँसो सुत्ने र शान्त रहने यो प्रजातीको कुकुर बेलुकाको समयमा ड्युटी गर्ने र आक्रामक स्वभावको हुने गर्छ । कमलेस निरौलाको अमेरिकन बुली प्रजातीको कुकुर छ । उनले कुकुरको नाम डेन्बर दाहाल राखेका छन् । उनले बच्चा कुकुर १ लाख रुपैयाँमा किनेका थिए । कुकुरलाई मासु पकाएर खुवाउने, दही तरकारी भात दिने गरेको उनले बताए । रिसालु जातको कुकुर भएपनि मिलनसार कम भुक्ने र बढी खेल्ने स्वभावको रहेको उनले जानकारी दिए । काठमाडौंका सुवास गिरीको सेन्ट बर्नाट अर्थात स्वीस मास्टिभ जातको साढे ५ महिनाको कुकुर छ । ४५ हजारमा बच्चा कुकुर किनेका उनले प्रतिस्पर्धामा सहभागी गराउन कार्यक्रममा ल्याएका थिए । उनको कुकुरले दिनमा ४ पटक मासु, खाना खाने गर्छ । सो प्रजातीको कुकुर मान्छेसँग धेरै मिलनसार हुने र राती अलि बढी आक्रामक हुने उनले बताए । डा.प्रशिस राईको चिवाव जातको मेक्सिकन कुकुर छ । सानो काँटीको यो कुकुरको वजन जम्मा २ किलो हाराहारी छ । तर यसको बजार मूल्य भने ७० देखि ८० हजार पर्छ । कुकुर परिवारको सदस्य जस्तै रहेको, दिसा पिसाव लागेमा कराएर जानकारी दिने उनले सुनाए । बिना सुवेदीको कमेरियन जातको कुकुर छ । मुस्किलले १ किलो रहेको यो कुकुर भुक्दैन । सेरलेक्स, मासुभात खाने यो कुकुरले फोहोर नगर्ने उनले सनाइन् । ७० हजारमा भारतबाट यो कुकुर किनेर ल्याएको उनले बताइन् । सातदोबाटोस्थित पौडी पोखरीको हातामा भएको कुकुर प्रतियोगितामा ३१ वटा प्रजातीका २ सय ५० कुकुरबीच प्रतिस्पर्धा भएको हो । जसको निर्णायक को भूमिका निर्वाह गर्न बेलायतबाट जुलेट म्याम आएको आयोजक स्टिभ जोशीले बताए । कार्यक्रममा पप्पी र ठूला कुकुरहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गरिएको र उत्कृष्ट कुकरलाई ट्रफीसहित सम्मानको ब्यवस्था गरिएको छ । कार्यक्रममा सहभागी हुन वयस्क कुकुरलाई १ हजार र बच्चा कुकुरलाई ८ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ७ हजारदेखि २५ लाखसम्मको कुकुर प्रतिस्पर्र्धामा सहभागी भएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!