हिपमत डटकम

शनिबार, जेठ २२, २०७८ || 562  पटक पढिएको

२०७७ साल जेष्ठकृष्णपक्ष जेठ २२ गते शनिवार दशमी पछि एकादशी तिथि रेवती नक्षत्र चन्द्रमा मीन राशिमा ।

मेष राशि–रमाइलो यात्रा हुने छ । काममा अवरोध हुने र अनावश्यक खर्च बढ्नेछ । मन चञ्चल र दुबिधाग्रस्त रहला । काममा परिवारको सहयोग जुट्नेछ । अध्ययनमा मन जानेछ । नयाँ काम सन्तोषजनक रहला । समयमै निर्णय लिन नसक्दा हात परेको काम समेत गुम्ने सम्भावना छ ।

वृष राशि–घुमघाम र मनोरञ्जनमा खर्च हुनेछ । पारिवारिक भेटघाट होला । नोकरी सन्तोषजनक रहनेछ । काम गर्ने जाँगर हराउन सक्छ परिश्रम गर्न मन जाग्नेछ । रोकिएका काम बन्नेछन् । मान सम्मान प्राप्त होला । आकस्मिक धनार्जन हुनेछ । वैदेशिक क्षेत्रका अधुरा काम पनि बन्नेछन् ।

मिथुन राशि–झगडामा अघि नबढ्नु होला । झूटा आरोप लाग्न सक्छ । स्वास्थ्यमा बाधा देखिएला । आर्थिक कारोबारमा वृद्धि हुनेछ । व्यापारमा लाभ हुनेछ । दिनको अन्त्यमा काम बन्नेछन् । पढाइमा पनि प्रगति हुनेछ ।मनोरञ्जनका कुरामा खर्च हुनेछ । पारिवारिक भेटघाटका साथै प्रिय मित्रसँग भलाकुसारी हुनेछ ।

कर्कट राशि– रोकिएका काम बन्नेछन् । मान सम्मानका साथै आकस्मिक धनार्जन हुनेछ ।काम मा जोस र जाँगर बढ्नेछ । दाम्पत्य जीवन सुखदायी रहनेछ । सीपमूलक कार्यबाट फाइदा हुनेछ । व्यवसायबाट मनग्य लाभ हुनेछ । पेय पदार्थ तथा सजावटका सामग्रीको व्यापार फस्टाउनेछ । स्वस्थेमा सुधार हुनेछ ।

सिंह राशि– आफन्तसँग मनमुटाब हुन सक्छ । आरोप लाग्न सक्छ सावधान रहनु होला । व्यवसायमा भने उपलब्धि हुनेछ । साझेदारी काममा विवाद हुन सक्छ । रमाइलो यात्रा हुनेछ । प्रियजनसँग भेट हुनेछ । अध्ययनमामा रुचि रहला । रोकिएका काम बन्नेछ

कन्या राशि–नयाँ काम सुरु हुने छ । बसाइ परिवर्तन हुनसक्छ । नोकरीमा पद प्रतिष्ठा बढ्नेछ । आर्थिक सङ्कट टर्नेछ । सवारी साधनबाट सुख मिल्नेछ । रमणीय यात्रा पनि हुनेछ । व्यापारबाट यथेष्ट लाभ हुनेछ । आफन्तको सहयोग रहनेछ । शिक्षामा प्रगति होला ।काममा ढिला सुस्ती हुन सक्छ ।

तुला राशि– बोलीको प्रभाव बढ्ने छ । धर्म कर्ममा मन जाला । भाग्यले साइदिनेछ ।नयाँ रोजगारीका कुराले सन्तोष मिल्नेछ । मित्रबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्ये धन लाभ हुनेछ । सामाजिक कार्यबाट प्रशंसा पाइनेछ । यात्रा शुभ हुनेछ ।अनावश्यक खर्चमा भने सावधान रहनु होला ।

वृश्चिक राशि– राम्रो समय छ । व्यापार फस्टाउने छ । काममा सजिलै सफलता मिल्नेछ । आलोचना गर्नेहरू सँग भने सावधान रहनु होला । मुद्दा मामिलामा जित हुनेछ । आर्थिक उन्नतिका मार्गहरू खुल्नेछन् । परिवारमा सुखशान्ति छाउनेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।प्रियजनको साथले काम बन्नेछ ।

धनु राशि– पराक्रम बढ्नुका साथै कममा प्रशंसा मिल्नेछ । नयाँ काम पाइने योग छ । स्थान परिवर्तनको सम्भावना पनि छ, सरुवा बढुवा हुन सक्छ । प्रेम प्रसङ्गमा नयाँ मोड आउन सक्छ । स्वास्थ्य गडबड रहने कारण खानपानमा सचेत रहनुहोला । यात्रा रमाइलो रहनेछ । साझेदारी काममा विवाद हुन सक्छ ।

मकर राशि–आफन्तको सहयोग बाट काम बन्नेछन् । वैदेशिक क्षेत्रका काममा सफलता पाइनेछ । आम्दानीका स्रोतहरू बढ्नेछन् । वस्त्र, गर गहना सम्बन्धी लाभ हुनेछ । जागिरमा पद प्रतिष्ठा बढ्नेछ । परिवारमा मङ्गल कार्य हुनेछ । अध्ययन अधुरो रहला । व्यापार व्यवसायबाट लाभ हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । भूमि वाहनको लाभ हुन सक्छ ।

कुम्भ राशि–काममा ढिलासुस्ती हुन सक्छ । अनावश्यक काममा समय खर्च हुनेछ । आफन्तमा मनमुटाब हुन सक्छ । शरीरमा आलश्यता बढ्ने तथा मन चिन्तित रहनेछ । शिक्षामा प्रगति हुनेछ । गलत व्यक्तिको सङ्गतमा फस्ने सम्भावना छ । साझेदारी कामबाट फाइदा हुनेछ । मित्र जनबाट सहयोग हुनेछ ।

मीन राशि– आम्दानीका स्रोतहरू बढ्नेछ । नयाँ क्षेत्रमा लगानी हुनेछ । अध्ययनमा जाँगर बढ्नाले शिक्षा एवं बौद्धिक क्षेत्रमाप्रगतिहुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । घरायसी काम काजमा सन्तोष मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । रोगको प्रकोप हट्दै जानेछ । पारिवारिक सम्बन्ध मजबुत रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!