हिपमत डटकम

शुक्रबार, जेठ २१, २०७८ || 506  पटक पढिएको

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोटमा नेपालले चिनियाँ ताइपेईमाथि सजह जित निकालेको छ । गएराति भएको खेलमा नेपालले ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई सहज जित दिलाउनको लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठ समान एक एक गोल गरे ।

खेलको चौथो मिनेटमा अञ्जानले पोनालटीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । चेङ हाउले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालले सटिक क्रसमा गोल गरेका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल नेपालले जित्यो ।

जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ ।

यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ । चिनियाँ ताइपेईले दोस्रो हाफमा नेपाललाई केही दबाबमा राख्न सके पनि निर्णायक सावित आक्रमण भने बुन्न सकेन ।

नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलमा समान १०/१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!