हिपमत डटकम

सोमबार, जेठ १७, २०७८ || 675  पटक पढिएको

भारतीय टेलिभिजनको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा टीआरपीका लागि झुटो तारिफ गर्न लगाइने खुलासा गायिका सुनिधी चौहानले गरेकी छिन् । सुनिधी यो शोको पाँचौ र छैटौ श्रृङ्खलामा निर्णायक थिइन् । उनले, शोका मेकर्सले चाहेको कुरा आफूले गर्न नसक्ने भएका कारण शो छाडेको उल्लेख गरेकी छिन् । उनले, निर्णायकको सोचलाई पर राखेर प्रतिस्पर्धीहरुको झुटो तारिफ गर्न लगाइने पनि बताएकी छिन् ।

सुनिधीले भनिन्–‘शोमा जती पनि विवादस्पद कुराहरु आउँछन्, त्यो दर्शकको ध्यान खिच्न मात्र हो । शोमा सहभागी प्रतिस्पर्धीहरुले निर्णायकबाट झुटो तारिफ पाउने गर्छन् । यसलेगर्दा, उनीहरु आफ्नो प्रतिभा नै विर्सने अवस्थामा पुग्छन् ।’

सुनिधीले यो शोले गायन क्षेत्रमा केही गर्न चाहनेहरुका लागि ठूलो मञ्च प्रदान गरेको बताउँदै भनिन्–‘तर, प्रतियोगीहरु टीभीमा आफ्नो सफलताको कथा मात्र सुन्न थाल्छन् । यसलेगर्दा, उनीहरुमा केही गरेर देखाउने चाहना नै सकिन थाल्छ ।’

केही प्रतिभाहरुले मिहिनेत गरेपनि निकै चाडो पाएको सफलताले उनीहरुको दिमागमा ठूलो असर गर्ने सुनिधीको भनाई छ । उनले, यसमा प्रतिस्पर्धीहरुको गल्ती नभएको भन्दै सबैकुरा टीआरपीको खेल रहेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!