हिपमत डटकम
बिराटनगर,२४ माघ:पछिल्लो समयमा दर्शकहरुको नजरमा लोकप्रिय बन्न सफल नायिका साम्राज्ञी राज्य लक्ष्मी बेलायत जाने भएकी छन् । आउँदो २३ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी गरिन लागेको आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ का लागि साम्राज्ञी बेलायत जान लागेकी हुन् । उनको भीसाको समेत प्रबन्ध भैसकेको एनआरएनए यूके उपाध्यक्ष सुनिल खड्काले जानकारी दिए ।

उनका साथमा निर्मात्री पुनम गौतम पनि जाने आयोजक दिपक खड्काले बताएका छन् । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली फिल्मप्रति आकर्षण गर्नका लागि ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेशको व्यबस्था मिलाइएको छ ।

नेपाली फिल्मप्रति स-साना केटाकेटीहरुलाई पनि समावेस गरेर नेपाली भाषा र संस्कृति प्रतिको मोह बढाउनको लागि वृद्ध र केटाकेटीको लागि निशुल्क प्रवेशको व्यबस्था गरिएको हो । सोहि दिन फिल्म शो सकिएपछि नायिका साम्राज्ञी र निर्मात्री पुनम गौतमसंग अन्तरसंवाद एवं‘फोटो सेसन’ को कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!