कमिला

० कमिला कहिल्यै सुत्दैन ।

० कमिलाको समूहमा रानी कमिलाको मृत्यु भयो भने विस्तारै पूरै समूह नै नष्ट भएर जान्छ । यसो हुनुको कारण चाहिँ कमिलाको समूहमा रानी कमिलाले मात्रै बच्चा र कामदार कमिला जन्माउने गर्छ ।

० कमिलाको अध्ययन गर्ने ज्ञानलाई myrmecology भनिन्छ ।

० संसारभरिका मानिसहरुलाई कमिला बाँडिदिने हो भने एक जना मानिसको भागमा १० लाख जति कमिला पर्न आउँछ ।

० कमिलाको मस्तिष्कमा २ लाख ५० हजार वटा मस्तिष्क कोषहरु हुन्छन् ।

० हामी कुकरको सुँघ्ने क्षमता तीब्र हुन्छ भन्ने त थाहा छ । तर कमिलाको सुँघ्ने क्षमता पनि कुकुरको जत्तिकै हुन्छ ।

० कमिलाले आफ्नो खुट्टाले हैन, टाउकोको बलले तौल उठाउने गर्छ । सामान्यतः एउटा कमिलाले आफ्नो शरीरको तौलको ५० गुना बढी तौल आफ्नो टाउकोमा उठाउन सक्छ । यसको अर्थ के हो भने यदि कमिलाको जस्तो क्षमता हुने हो भने एउटा ५० केजीको मानिसले २५०० किलो भारी उठ्न सक्छ ।

https://en.wikipedia.org

० कमिलाको एउटा प्रजाति पात काट्ने कमिला (Leaf Cutter Ant) हो । यो कमिलाको रानीले आफ्नो जीवनकालमा एक पटक मात्र प्रजनन कार्यमा संलग्न हुने गर्छ । तर यसले एक पटक प्रजनन कार्य गरिसकेपछि १५ वर्षसम्म अण्डा पारिबस्छ । यसले आफ्नो पूरा जीवनकालमा करीब ३०००००००० (तीस करो८) अण्डा पार्छ ।

माकुरा

० केही प्रजातिका पोथी माकुराले आफ्नो बच्चा जन्माउने क्रममा आफ्नो जीवन पनि बलिदान गर्ने गर्छ । वास्तवमा, यस्ता माकुराका बच्चा जन्मने क्रममा आफ्नै माउलाई खाइदिने गर्छ । उदाहरणको लागि अस्ट्रेलियन क्र्याब माकुरा यस्तै प्रजातिको एउटा माकुरा हो ।

० केही प्रजातिका माकुराको भालेले पोथीलाई आफूतिर आकर्षित गर्नको लागि गितार जस्तो आकारको जालो बुन्ने गर्छ ।

० हामीले देख्दै आएको माकुरा अति सानो हुन्छ । जंगलतिर घुम्न जाँदा हामीमध्ये केहीले १–२ इन्चसम्मको माकुरा पनि देखेका छौं होला । तर यस संसारमा एक समयमा निक्कै ठूला आकारका माकुराहरु पनि हुने गर्थे । त्यस्ता माकुराहरु अहिले त यस संसारमा पाइँदैनन् तर तिनका जीवाशेषहरु भने फेला पर्ने गरेका छन् । अहिलेसम्म फेला परेका सबैभन्दा ठूलो माकुराको जीवाशेष अर्जेन्टिनामा फेला परेको छ । मेगाराच्ने (Megarachne) नाम दिइएको त्यो जीवाशेष ५० सेन्टिमिटरको थियो ।

० प्रायः माकुराहरु मानिसको ज्यान लिने हदसम्मको खतरनाक हुँदैनन् तर हलिउडका केही फिल्महरुले माकुरालाई निक्कै खतरनाक जीवको रुपमा देखाउने गर्दा मानिसहरुमा त्यसका बारेमा निक्कै ठूलो भ्रम रहने गरेको छ । त्यस्तै एउटा भ्रम व्लाक विड्डो नाम गरेको माकुराको बारेमा पनि छ । धेरै जनाले के विश्वास गर्छन् भने यो माकुराले टोक्यो भने ज्यानै जान्छ । तर वास्तवमा कुरा त्यसो होइन । हो, व्लाक विड्डो नाम गरेको यो माकुरा विषालु हुन्छ तर त्यसको पोथी जाति मात्रै विषालु हुनेगर्छ, भाले विषालु हुँदैन । फेरि यस प्रजातिको पोथीले टोकेका मध्ये १ प्रतिशत मानिसहरुको मात्र ज्यान खतरामा पर्ने गरेको छ, त्यो पनि समयमा सही उपचार नपाएर । बेलैमा उपचार पाउने हो भने यो माकुराको टोकाइबाट मानिस मर्दैन ।

https://media.mnn.com

० विष नहुने भएकोले भाले व्लाक विड्डो माकुराले शिकार पनि गर्न सक्दैन । खालि पोथी माकुराले मात्रै शिकार पक्रने गर्छ । यस प्रजातिको माकुरामा भालेको एउटै भूमिका सन्तान उत्पादनको काममा सहयोगी हुने मात्रै हो ।

० प्रायः सबै जीवहरुको अस्थिपञ्जर शरीरभित्रै हुने गर्छ । तर माकुरा यसको अपवाद हो । माकुराको अस्थिपञ्जर यसको शरीरको बाहिरी भागमा हुने गर्छ ।

सामान्यतः माकुराको आठवटा आँखाहरु हुन्छन् । यति धेरै आँखाहरु भएपछि त अवश्य पनि यसको देख्ने शक्ति पनि निक्कै तेजिलो हुन्छ होला भन्ने तपाईंलाई लाग्न सक्छ । तर सत्य त्यस्तो हुँदैन । वास्तवमा, माकुराको देख्ने शक्ति निक्कै कमजोर हुन्छ ।

० अहिलेसम्म संसारभरिमा माकुराका ३४ हजार प्रजातिहरु फेलापरिसकेका छन् । तीमध्ये पनि करीब २७ प्रजातिका माकुराहरु मात्रै मानिसको ज्यान लिने हदसम्मको विषालु हुने गरेको पत्ता लागेको छ ।

० माकुराको नंग्रा त्यसको खुट्टाको अन्तिम भागमा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!