हिपमत डटकम
मोरङ,२४ माघ:कात्तिकपछि नेपाली चलचित्रले आशातित व्यापार गर्न नसकेको अवस्थामा शुक्रवारबाट दुई चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै चलचित्र फरक जनरामा निर्माण भएका हुन् । कात्तिकपछि सुस्ताएको नेपाली चलचित्रको व्यापार यी दुई चलचित्रले केही हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको छ । प्रदर्शनभन्दा अगाडि राम्रो हाइप बनाएका यी दुई चलचित्रका गीतसंगीत र ट्रेलर दर्शकले रुचाएका छन् । ‘साङ्लो’ र ‘सेल्फी किङ’ को जनरा फरक भए पनि एकसाथ रिलिज भएका कारण व्यवसायिक रुपमा दुवै चलचित्रलाई घाटा हुने निश्चित छ ।

किनकि, एकै मितिमा एकभन्दा बढी चलचित्र रिलिज हुँदा दर्शक र हल संख्या बाँडिन्छ । ‘साङ्लो’ मा अभिनेता विराज भट्ट एक्सन अवतारमा प्रस्तुत छन् भने ‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्कीले हास्यकलाकारको भूमिका निभाएका छन् । ‘साङ्लो’ बाट अभिनेता विराजले ४ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका हुन् । भोजपुरी चलचित्र गर्न थालेपछि नेपाली चलचित्रमा देखिन छाडेका उनलाई यो चलचित्र बक्सअफिसमा सफल हुन अत्यन्त आवश्यक छ । यसलाई उनी स्वयंले निर्देशन गरेका हुन् ।

चलचित्रमा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । चलचित्रले मृगौला तस्करीको कथा भन्छ । त्यस्तै, कमेडी जनरामा निर्माण भएको ‘सेल्फी किङ’ मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ । बुधवार राजधानीमा आयोजित प्रिमियरमा सुखद प्रतिक्रिया बटुलेको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!