हिपमत डटकम
बिराटनगर,२४ माघ: पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आज बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालमा उपचाररत बिरामीहरुसँग कुराकानीसहित नेता नेपालले न्यूरो र कार्डियोमा नोबेलले भित्र्याएको नयाँ प्रबिधिको निरीक्षण गरेका हुन् ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा, अस्पताल निर्देशक डा.राजेश नेपाल लगायतले नेता नेपाललाई अस्पतालका बिभिन्न कक्षसहित अत्याधुनिक उपकरणको अवलोकन गराएका थिए । नेता नेपालले दक्षिण पूर्वी एशियामै पहिलो पटक नोबेलले सुरु गरेको अत्याधुनिक न्यूरो सर्जरी सेवा, शल्यक्रिया कक्ष, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआइ, ओपन हार्ट सर्जरी आइसीयू कक्ष लगायतको अवलोकन गरेका छन् ।

अस्पताल निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले नोबेलमा राम्रो उपचारका कारण बिरामीहरुको चाप बढीरहेको पाएको प्रतिक्रिया दिए ।

अस्पतालहरुले राम्रो उपचार गरेर बिरामीलाई सन्तुष्ट बनाउँनुपर्नेमा जोड दिदै नेता नेपालले नोबेलमा अत्याधुनिक उपकरणको प्रयोग गरेर बिरामीको उपचार भईरहेको देख्दा खुःशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!