शुक्रबार, माघ २४, २०७६ || 707  पटक पढिएको

हिपमत डटकम
विराटनगर, २४ माघ:मासु व्यवसायी संघ मोरङको अध्यक्षमा सुभाषचन्द्र सिवाकोटी चयन हुनुभएको छ । मासु व्यवसायीहरूको भेलाले सिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मोकतार कुरेसी, सचिवमा मो. सहनवाज, सहसचिवमा रणदीप थापा र कोषाध्यक्षमा आशादेवी चौधरी चयन भएका छन् । त्यस्तै मो. जावेद मन्सुरी, कृष्णकुमार माझी, सरिता खड्का, टंकप्रसाद गौतम, मो. एहसान, मो. अलिसेर कुरेली, मो. गफार र विशाल राई सदस्यमा निर्विरोध निर्वाचन भएका छन् । मोरङभरिका मासु व्यवसायीहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । संघले मासु व्यवसायीहरूको हक अधिकारलाई सशक्त रुपमा उठाउने नवनिर्वाचित अध्यक्ष सिवाकोटीले बताए । मोरङमा ५ सयभन्दा बढी मासु व्यवसायी छन् । दैनिक ५ हजार किलोभन्दा बढी मासुको माग रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!