हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 526  पटक पढिएको

पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई ३३ रनले पराजित गरेको छ । ढाकामा आइतबार भएको खेलमा बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय २४ रनमा समेटिएपछि पराजित भएको हो ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान कुशल परेराले ३० रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए । दनुस्का गुनाथिलका र इशुरु उडनाले समान २१÷२१ रन बनाएका थिए ।

बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ तथा मोहमद सैफुदीनले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महमुदउल्लाहले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबालले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । अफिफ होसेनले अविजित २७ रन जोड्दा मोहमद सैफुदीन १३ रनमा अविजित रहे । शकिब अल हसन १५ रनमा आउट भए ।

श्रीलंकाका लगी धनन्जय डी सिल्भाले ३ विकेट लिए । दुश्मन्था चामिरा, दनुश्का गुनाथिलका र लक्षण सन्दुकनले एक एक विकेट लिए । यस जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!