हिपमत डटकम
काठमाडौं,२४ माघ : जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका अन्य ४१ जनामा कोरोना भाइरस भेटिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ । ३७ सय यात्री बोकेको डायमण्ड प्रिन्सेस क्रुज पछिल्लो दुई हप्तादेखि योकोकामामा छोडिएको छ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जहाजभित्रका अन्य यात्रीमाथि पनि परीक्षण सुरु गरिएको हो । यसका साथै वर्ल्ड ड्रिम नामको अर्को क्रुज जहाजका आठ पूर्व यात्रीमा कारोना भाइरस भेटिएपछि हङ्कङमा क्वारेन्टाइनका लागि छोडिएको छ । ३६ सय यात्री बोकेको उक्त जहाजमा अहिलेसम्म कसैमा पनि भाइरसको संक्रमण देखिएको छैन । डायमण्ड प्रिन्सेसमा नयाँ संक्रमित भेटिएपछि जापानमा संक्रमितको संख्या ८६ पुगेको छ । यो चीन पछिको दोस्रो ठूलो संख्या हो । ‘बाँकी १७१ जनाको स्वास्थ्य परीक्षणको नतिजा आएको छ जसमध्ये ४१ जनामा यसको संक्रमण भेटियो,’ जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले भने । ‘उनीहरुलाई आज विभिन्न प्रान्तका अस्पतालमा पठाइनेछ । हामी यसैका लागि तयारी गरिरहेका छौं,’ उनले भने । यसअघि पत्ता लागेका २० जना संक्रमितलाई अस्पतालमा राखिएको छ ।
६१ संक्रमित बिरामीहरु यी देशका छन्ः

– जापानः २८ जना

– अमेरिकाः ११ जना

– अष्ट्रेलिया, क्यानडाः ७ जना

– चाइनाः ३ जना

– यूके, न्यूजिल्याण्ड, ताइवान, फिलिपिन्स, अर्जेन्टिनाः १

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!