हिपमत डटकम
काठमाडौं,२४ माघ : देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ । समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ । चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!