हिपमत डटकम
काठमाडौं,२३ माघ :असुरक्षित यौन सम्पर्क, संक्रमित आमाले बच्चा जन्माएमा अथवा सुईहरुबाट सर्ने गर्दछ एचआईभी/एड्स । यो रोगबाट विश्वका धेरै मुलुकहरुमा मानिसहरु मृत्युको सिकार भइसकेका छन् । यद्यपी अहिले सम्म यसको पूर्ण रुपमा निदान हुने औषधि भने भेटिएको छैन् ।

सुरुमा त यो रोग लागेपनि पत्ता लगाउन कठिन हुन्छ । पत्ता लागेपनि धेरै मान्छेहरु उपचारका लागी अस्पताल जान डराउँछन्, र अस्पताल गएपनि उपचार पाउन धेरै गाह्रो हुन्छ । तर तपाईले अलिकति पनि सावधानी अपनाउनुभयो भने यो रोग लागेको समयमै थाहा पाउन सकिन्छ । जसले गर्दा औषधि उपचारमा केही टेवा पुग्छ ।

यी लक्षण देखिन्छन्

थकान

यदि एचआईभीले तपाईलाई पनि आक्रमण गर्न थालेको छ, तपाईकोकार्य क्षमता ह्रास हुँदै जान्छ । फलस्वरुप तपाईलाई थकान महसुुस हुन्छ । याद राख्नुहोस् काम नगरिकनै तपाईलाई थकान लाग्छ भने, यो एचआईभीको प्रारम्भिक चरण हुन सक्छ ।

टाउको दुख्ने समस्या

एचआईभी संक्रमण भएमा हाम्रो रोगसँग लड्नसक्ने क्षमता पनि कम हुँदै जान्छ जसले गर्दा प्राय टाउको दुख्ने समस्या देखिन्छ । तपाईले लगातार टाउको र घाँटी दुखेको समस्या देखिएको छ, भने तुरुन्त रगत परिक्षण गरिहाल्नुहोस्, यो एचआईभीको संकेत हुन सक्छ ।

एकाग्रतामा कमी आउनु

यदि तपाईमा एचआइभीको संक्रमण छ, भने तपाईले चाहेर पनि आफ्नो काम वा पढाईमा पुरा ध्यान दिन सक्नुहुन्न् एचआईभीको लक्षण देखा परेमा एकाग्रतामा कमी आउँछ ।
लामो समयसम्म ज्वरो

ज्वरो आउनु एक समान्य समस्या हो, तर ज्वरो धेरै समयसम्म रहन्छ भने त्यो एचआइभीको प्ररमभ्कि चरण हुन सक्छ । यदि तपाईलाई लामो समयसम्म यस्तो समस्या देखियो भने रगत जाँच गरिहाल्नुहोस् ।

मांसपेशी दुख्ने समस्या

कुनै व्यक्तिमा एचआईभी संक्रमण भइसकेको छ, भने उसको मांसपेशी दुख्ने समस्या हुन्छ । यदि तपाईले लगातार आफ्नो मांसपेशी दुखेको महसुस गर्नुभएको छ भने तुरुन्त स्वास्थ्य संस्थामा चेकजाँचका लागी जानुहोस् ।

तौल घट्दै जानु

एचआईभी संक्रमित व्यक्तिको तौल घट्दै जान्छ । यो रोग लागेपछि आफ्लाई मनपर्ने खाना पनि मन नपर्ने तथा खान मन नलाग्ने हुन्छ ।

शरीर चिलाउने

एउटा भनाई नै छ, पुर्ण शरीरको बारेमा छालाले बोल्छ । हो एचआईभीको लक्षण देखिने वित्तिके छालालेपनि तपाईलाई सचेत गराउँछ । तपाईको छाला चिनाउने तथा दाग र धब्बा देखिने समस्या देखियो भने त्यो पनि एचआइभीको संक्रमण हुन सक्छ ।

राती पसिना आउनु

यदि रातको समयमा धेरै पसिना आउने समस्या, बेचैनी हुने, निन्द्रा नलाग्ने समस्या छ भने त्यो एचआईभीको लक्षण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!