बिहिबार, माघ २३, २०७६ || 2177  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२३ माघ: आफ्नो पार्टनरसँग पहिलो पटक यौनसम्पर्क राख्न जति उत्सुकता हुन्छ त्यति नै डर र नर्भस पनि । पहिलो पटक शारीरिक सम्बन्ध राख्दा केटी मात्र होइन केटाहरु पनि नर्भस हुने गर्छन् ।

यसैक्रममा, केटाहरु पनि पहिलो पटक शारीरिक सम्बन्ध राख्दा डर र नर्भस हुँदा विभिन्न गल्तीहरु गर्छन् ।

त्यसो भए पहिलोपटक यौनसम्पर्क गर्दा के गर्ने त ? यौनसम्पर्कको सट्टामा इन्फेक्सनको खतरा धेरै हुन नदिन के गर्ने त ? त्यसको लागि कसरी हाइजिन र सरसफाइ गर्ने भन्ने कुराहरु जानीराख्नुपर्छ ।

मानिसहरु जति यौनसम्पर्कको बारेमा जान्दछन् त्यति नै हाइजिन र सरसफाइको बारेमा कमैलाई थाहा हुन्छ । जसले गर्दा केटा वा केटी दुवैमा इन्फेक्सनको खतरा हुन्छ ।

यौनसम्पर्क गर्नुभन्दा पहिले र पछि हात धुनुपर्छ । किनकी ब्याक्टेरिया र किटाणु सामान्यतयाः हाम्रो हातमा नै हुने गर्छ । साथै, यौनसम्पर्कपछि पनि यौनाङ्ग सफा गर्ने बानी बसाल्नुपर्छ ।

यौनसम्पर्क गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने कुराहरु थुप्रै हुन्छन् । आफ्नो पार्टनरलाई इन्फेक्सन हुन नदिन, रोग फैलिन र गर्भवती हुनबाट पनि बचाउँने बारेमा सोच्ने गर्नुपर्छ । त्यसैले, यौनसम्पर्क गर्नुभन्दा पहिले सुरक्षित साधनहरु प्रयोग गर्न भुल्नुहुँदैन । त्यसको लागि कण्डम प्रयोग गर्न सकिन्छ ।

विल्कुलै पहिलोपटक यौनसम्पर्क गर्दा हड्बडी गर्न हुँदैन । आफूलाई नियन्त्रण गर्न जरुरी हुन्छ । त्यसैले, आफ्नो पार्टनरसँग सिधै यौनसम्पर्कको प्रस्ताव गर्नुभन्दा पहिले पार्टनरसँग ‘फोर प्ले’ अर्थात कुराकानी, मजाक, चुम्बन जस्ता कार्य गर्ने र पार्टनरको सहमतिमा मात्रै यौनसम्पर्क राख्नुपर्छृ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!