हिपमत डटकम
काठमाडौं,२३ माघ:महानगरपालिका–३१ बानेश्वर आलोकनगरमा सञ्चालित ‘डी चिफ एण्ड किचन’ रेष्टुरेन्टमा मृत अवस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तको दावी छ ।

५१ वर्षीय गिरी काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित प्रयासमार्ग बस्दै आएका थिए । गिरीको विभिन्न ठाउँमा चोट देखिनुले हत्या गरिएको आशङ्का भएको परिवारले बताएका छन् ।

आफन्त गोकर्ण वनका अनुसार गिरीको टाउको, खुट्टालगायतका शरीरका अन्य अङ्गहरुमा चोट देखिनु र प्रहरीबिनै घटनास्थलबाट गिरीलाई अस्पताल लैजानुले पनि झनै आशङ्का बढाएको हो ।

प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका गिरीको छातीमा निलडाम, नाक तथा ओठमा गहिरो चोट, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट र देब्रे खुट्टा भाँच्चिएकाले हत्या नै भएको परिवारको दावी छ ।

मृतकका परिवारले रेष्टुरेन्ट सञ्चालकलगायतका व्यक्तिको घटनामा संलग्नता रहेको दावी गर्दै रेष्टुरेष्टको सीसी क्यामेराको फुटेज समेत मेटाएको पाइएको आरोप लगाएको छ ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै बुधबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएका छन् । होटल सञ्चालकको नाम किटान गरेर जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको पिता शिवशंकरले गुनासो समेत गरे ।

यता, महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले घटनाको अनुसन्धान सुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताए । उनले भने, ‘बुधबार पोष्टमार्टम भएको छ । १,२ दिनमा रिपोर्ट आउँछ । त्यसपछि मात्रै हत्या हो÷होइन भन्न सकिन्छ ।’

सीसीटिभी फुटेज मेटाइएको नभएर रेकर्ड नै नभएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार रेष्टुरेन्टको सीसीटिभी क्यामेराको रेकर्ड नै नरहेको पाइएको हो । सीसीटिभी क्यामेरा राखेर रेकर्ड नराख्नु सिधै रेष्टुरेन्ट सञ्चालकको लापरबाही हो ।

मृतक गिरीको बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!