हल्दिबारीमा तयार पारे स्टुडेन्टस क्रिएटिभ फोरमले जेब्रा क्रस

हल्दिबारी झापा ।चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमको अगुवाइ तथा बिद्यार्थीहरुको नेतृत्वमा हल्दिबारी गाउँपालिकामा बिद्यार्थीले जेव्रा क्रस बनाएका छन।

हुलाकी राजमार्गमा महिला तथा बालबालिका शाखा हल्दिबारी ४ कि संयोजक तथा हल्दिबारी गाउँपालिका कार्यपालिका सदस्य गिता भण्डारी ,जिल्ला ट्राफिक प्रहरी प्रदिप अधिकारी ,राजु राजबन्शी ,जलथल प्रहरी इन्चार्ज भरत कोइराला ,हवल्दार धर्मेन्द्र पण्डित ,महेन्द्र माध्यमिक बिधालयका प्र अ गंगाराम खरेल,चिल्ड्रेन गार्डेन माध्यमिक बिधालयका शिक्षक तथा सगरमाथा टिन्स क्लब चिल्ड्रेन गार्डेन मा बि का फोकल पर्सन सन्तोष तिम्सिना , चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमका अध्यक्ष अबिसेक खतिवडा “अबि “,नेपाल रेडक्रस सोसाइटी ,जलथल का सचिब भावना दाहाल , कोषध्यक्ष सुनिल बाराकोटी ,सिर्जनाशिल युवा क्लबका अध्यक्ष मिलन बिश्वकर्मा तथा विभिन्न संघ सस्था ,संघ सस्था का पदाधिकारी हरु ,बिद्यार्थीहरु ,टिन्सहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

जेब्रा क्रस ले यात्रु तथा बिद्यार्थीहरु लाई सहजता लाउने र अगामी दिनु हरु मा अझै येस्ता खाल्का सचेतनामुलक महिला तथा बालबालिकाका लागि विशेष कार्यक्रम तयार गर्नु पर्ने महिला तथा बालबालिका शाखा हल्दिबारी ४ कि संयोजक गिता भण्डारी ले जानकारी दिनु भएको थियो।

बिद्यार्थीहरु ले जम्मा तीन ठाउँ विभिन्न स्रोत खोजेर आफै यो कार्यक्रम आयोजना गरेका छन ।येसरी टिन्सहरु जुझारु भए भने समाज रुपान्तरण हुन केही बेर नलाग्ने महेन्द्र माध्यमिक बिधालयका प्र अ गंगाराम खरेल ले बताउनु भयो। कार्यक्रममा बाटो काट्दा अनिवार्य जेव्रा क्रस को प्रयोग गरौ ,हेलमेट अनिवार्य प्रयोग गरौ , बालबालिका लाई सडक मा नछाडौ भन्ने अनुरोधका साथ अब सडकमा आफ्नो सुरक्षा आफूले नै गर्नु पर्ने अति जरुरी रहेको ट्राफिक प्रहरी राजु राजबन्शीले बताउनु भएको छ । बडाबारी मा हुलाकी राजमार्ग भरी र विशेष बिधालय का विद्यार्थी र अन्य यात्रुहरु लाई बाटो काट्न सहज बनाउन तथा हुलाकी राजमार्ग मा गाडीको चाप र सवारी दुर्घटना बढदो क्रम मा भएकाले येसलाइ नियन्त्रण गर्न सम्पुर्ण लागि पर्नु जरुरी र टेन्स तथा युबा युवती लाई जुझारु बनाएर सचेतना कार्यक्रम आयोजना गर्नु जरुरी रहेको र यस का लागि गाउँपालिका ,वडा कार्यलय ,जनप्रतिनिधि ,प्रहरी ,सामाजिक अभियान्ता हरु सम्पुर्णको ध्यानाकर्षण हुनु जरुरी रहेको छ कार्यक्रम संयोजक अबिशेक खतिवडा अबिले अनुरोध समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!