हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 629  पटक पढिएको

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ आधिकारिक डिजिटल प्लेटफर्म रिलिज भएको केही समयमै अनलाइनमा लिक भएको छ।

‘राधे: योर मोस्ट वान्टेड भाइ’ फिल्म इदको अवसरमा मे १३ मा रिलिज भएको थियो। तर त्यसको केही समयमै लिक भएर विभिन्न अनलाइनले राखेपछि सलमानका फ्यानहरूले सामाजिक सञ्जालमार्फत् उनलाई जानकारी गराएका थिए।

अनाधिकृत रूपमा फिल्म अपलोड गरेको पाइएपछि सलमानले ट्वीटरमार्फत् त्यस्तो नगर्न चेतावनी दिएका थिए। फिल्म पाइरेसी गर्नेलाई मुद्दा हाल्ने उनले बताएका थिए।

जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडले फिल्म अनाधिकृत रूपमा अपलोड भएको भन्दै प्रहरीको साइबर सेलमा उजुरी हालिसकेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

प्रभु देवाले निर्देशन गरेको ‘राधे’मा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डालगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!