बिहिबार, माघ २३, २०७६ || 1501  पटक पढिएको

हिपमत डटकम
झापा,२३ माघ:झापामा एक पुरुषको गुप्ताँग काटेर जलाइएको अवस्थामा शव (लास) फेला परेको हो । घटनाको प्रकृति हेर्दा हत्या गरी घटनालाई ढाकछोप गर्न शवलाई परालमा आगो लगाएर जलाईएको बताईएको छ ।

झापाको विर्तामोडमा गुप्ताङ्ग काटेर जलाएको अवस्थामा फेला परेको शवबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । स्थानीय ऐनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको ठाउँमा जलेको अवस्थामा भेटिएको शव भारत विहार राज्यस्थित अररिया घर भई हाल बिर्तामोड २ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले सुभानका ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती शुष्मा शेखलाई मंगलबार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर घटनाबारे सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

शुष्माका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव फेला पर्नुले शव सुभानकै भएको आशंका गरिएको र घटना अनैतिक सम्बन्धका कारण घटेको हुन सक्ने प्रहरीको आशंका छन् ।

उनको शव जलेको अवस्थामा भेटिएको स्थाननजिकै पुरुषको अण्डकोषसहितको गुप्ताङ्ग काटेर फालिएको थियो । परिवारका सदस्यले प्रहरीलाई दिएको बयानअनुसार मृतकले लगाएको कपडा शेखकै हुनुपर्ने आशंका गरिएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या गरी घटनालाई ढाकछोप गर्न शवलाई परालमा आगो लगाएर जलाईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!