हिपमत डटकम
लस एन्जलस , माघ २३ गते : हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका ‘स्पार्टाकस’ र ‘पाथ्स् अफ ग्लोरी’ जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए । सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए । उनी अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि रहेका थिए । करिब ६ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरेका थिए । उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको पुष्टी गरे । उनले पिताको निधनका बारेमा फेसबुकबाट सार्वजनिक गरेका थिए