हिपमत डटकम
काठमाडौं,२३ माघ: चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् । मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् । चीनको वुहान प्रान्तको हुवेई र अरु शहरमा उद्धारको पखाईमा सरकारको बाटो हेरिबसेका आफ्ना छोराछोरीको उद्धार यथासक्य चाँडो गर्न उनीहरुले माग गरेका छन् । अभिभावक सोमिला कक्षपतिले अनलाइनखबरसँग भनिन् ‘सरकारले भोलि भोलि भन्दा एक हप्ता झुलाइसक्यो । चाँडै ल्याउनुपर्‍यो । हाम्रा छोराछछोरी डराइरहेका छन् । खानेकुरा पनि पाउन मुश्किल छ ।’ स्वास्थ्य मन्त्रालय घेराऊ गर्न पुगेका आफन्तहरुले कर्मचारीहरुको कक्षमा पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गर्न पाउनुपर्ने माग गरेका थिए । एकै जना प्रतिनिधिलाई भए पनि भित्र पठाइदिन आग्रह गर्दै अभिभावकहरुले कर्मचारीसँग आक्रोश पोखे,‘ यो म मन्त्रीज्यूको लापरबाही भयो नि ।’ चीनमा कैयौंदिन देखि अलपत्र रहेका आफ्ना छोराछोरी र आफन्तलाई स्वदेश फर्काउन सरकारले हेलचेक्र्याइँ गरिरहेको अभिभावकहरुको गुनासो छ । चीन सरकारले जति नै राम्रोसँग राखेको भने पनि चीनमा ‘आइसोलेसन’मा राखिएका नेपाली विद्यार्थी एवं अस्पतालमा कार्यरत नेपाली डाक्टहरुको अवस्था कठिन हुँदै गएको भिडियो सन्देशसमेत अभिभावकहरुले मन्त्रालयको प्राङ्गणमा पत्रकारहरुलाई देखाए । चीनमा रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण नभएता पनि घरभित्र थुनिएर बस्नुपर्दा लजिस्टिक समस्याहरु पर्न थालेको र सबैलाई चीन सरकारले खानपिनको सुविधा नदिएकाले खर्च सकिन लागेको भन्दै नेपालमा रहेका अभिभावकहरुले चिन्ता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!